स्थानीय र पश्चिमी वायुको प्रभाव, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र प्रदेश १ का पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।

शुक्रवार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङ सहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ वैशाख १५ गते (बिहीबार) 
​​​​​​​दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। 

बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १को पहाडी भू–भागका एक( दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १६ गते (शुक्रवार) 
दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।  

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको थोरै स्थानहरूमा र प्रदेश १ को पहाडी भू–भागको एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १७ गते (शनिवार) 
दिउँसो:
देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।  देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

राती: देशको  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।  गण्डकी प्रदेश र प्रदेश १का थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : २९ बजे