दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

टिकटको विषयलाई लिएर माओवादी कार्यकर्ताबीच झडप

जुम्ला – जुम्ला हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एक जना घाइते भएका छन् ।

उपाध्यक्षको टिकटको विषयलाई लिएर स्वतन्त्र उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुई जनाको नाममा टिकट आएपछि दुईपक्षबीच झडप भएको हो । 

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षको नाममा पार्टीको टिक आएपछि उनको उम्मेदवारी रोकिएको थियो । रोकायाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी थिइन् । 

प्रहरी निरीक्षकका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप झडप भएको छ । झडप हुँदा ढुंगा प्रहारबाट हिमा गाउँपालिका ६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका छन् । 

त्यस्तै विनसा रोकायाले आफूलाई पार्टीले निर्णय गरेर पठाएपछि टिकट लिएर लाइनमा बसेको थिए । तर, केही व्यक्तिले अर्को टिक लिएर कल्पनाको दर्ता गराएकाले आफू पीडित भएको विनसाले बताइन् । 

प्रहरीका अनुसार घाइते अधिकारीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ । कल्पना परियार उपाध्यक्षमा उम्मेदवारी दिएपछि विनसाले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झडप भए पनि प्रहरी निरीक्षक भट्टसहितको टोली हिमामा पुगेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भए पनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकिएकाले समस्या समाधान गरिनुपर्ने बताइन् । उनले दर्ता गराउनेको दोष नभईबीचमा समस्या निम्त्याउनेको दोष भएको बताइन् । उनले  माओवादी नेता कार्यकर्तालाई सम्यम भएर निर्वाचनमा लाग्न अनुरोध गरिन् ।

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित बहुमत विजय हासिल गरेको थियो । यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ । यसले गर्दा नेकपा माओवादी केन्द्रलाई हिम गाउँपालिकामा विजयी हातपार्न चुनौती देखिएको छ ।

दिलमाया शाही/न्युज कारखाना

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : २० बजे