राष्ट्रपति भवनमा घटस्थापना

कांंग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीन जनाले कार्यकर्ताले गरे पार्टी त्यागको घोषणा  

बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन जना काँग्रेस कार्यकर्ताले पार्टी त्यागको घोषणा गर्नुभएको छ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका–७ मा वडा अध्यक्ष बन्नुभएका भीमसेन कर्माचार्यसहित तीन जना कार्यकर्ताले पार्टी त्यागको गर्नुभएको हो ।

पार्टी परित्याग गर्नेमा काँग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत हुनुहुन्छ। 

काँग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उहाँहरूले बताउनुभएको छ । पार्टीमा लामो योगदान गरे पनि नेतृत्वले निर्वाचनका बेला मूल्याङ्कन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हाबी भएकोले पार्टी परित्याग गर्ने निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताउनुभयो ।

यसअघि, सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि काँग्रेस नेता मातृका यादवले पनि पार्टी छोड्नुभएको थियो ।

बुटवल उपमहानगरपालिका–३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ०५ बजे