कांग्रेसकै घोषणापत्र माओवादीले पनि स्वीकार्‍यो : महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको टिप्पणी गर्नु भएको छ ।

काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘माओवादी केन्द्र कति कमजोर छ भन्ने कुरा स्पष्टै भयो । आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि राख्दैन । माओवादी केन्द्रको घोषणापत्र के हो भन्दा नेपाली कांग्रेसको छातामुनि चुनाव लड्ने भएपछि कांग्रेसको घोषणापत्र माओवादीको घोषणापत्र बन्न पुगेको छ ।’

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ४९ बजे