काठमाडौँ महानगरपालिकामा प्रमुखमा र उपप्रमुखसहितका पदहरुका लागि ८५७ जनाको उम्मेद्वारी

काठमाडौं –​​​​​​​ काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुखसहित १६२ पदका लागि ८५७ जनाले उम्मेद्वारी दिएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागी वैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा ८५७ जनाले उम्मेद्वारी दर्ता गरेको हो । यसमा एक पदको प्रमुखका लागि ५६ जना र एक पदकै उपप्रमुखका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ ।

५६ जना प्रमुखका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराउनुभएको छ । ५६ जनामध्ये ८ जना महिला हुनुहुन्छ । उपप्रमुख पदमा उम्मेदारी दिने ३३ जनामध्ये १४ जनाले दलकातर्फबाट र १९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गर्नुभएको छ । ३१ जना उपप्रमुखका उम्मेद्वारमध्ये १३ जना महिला हुनुहुन्छ ।

मुख्य निर्वाचन कार्यालय, काठमाडौँका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठकाअनुसार काठमाडौँ महानगरका ३२ वडाका ३२ अध्यक्ष पदमा २२१ जनाको उम्मेदवारी परेको छ । यसैगरी, ६४ जना वडा सदस्य पदका लागि ३१० जना, ३२ जना महिला सदस्य पदका लागि १४५ जना र ३२ जना दलित महिला सदस्य पदका लागि ९० जनाले मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत वैशाख ११ र १२ गते गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम चलेको थियो । यसअन्तर्गत पहिलो दिन प्रमुख पदका लागि १६ जनाले र उपप्रमुख पदका लागि १७ जनाले उम्मेदवारी दिनुभएको थियो ।

देशभरका ६ वटा महानगरमा १४६ जनाबाट प्रमुख पदका लागि उम्मेदवारी परेको छ । यसमा काठमाडौँ महानगरमा ५६ जनाको, भरतपुर महानगरमा ३० जनाको, पोखरामा २४ जनाको, ललितपुर महानगरमा १३ जनाको, वीरगञ्जमा १२ जनाको र विराटनगर महानगरमा ११ जनाको उम्मेदवारी छ ।

निर्वाचन आयोगकाअनुसार, उपप्रमुख पदमा काठमाडौँमा ३१ जना, भरतपुरमा १३ जना, पोखरा र विराटनगरमा ९/९ जना र ललितपुरमा ३ जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज महानगरमा उपप्रमुख पदका लागि कसैको पनि उम्मेदवारी परेन ।

प्रमुख पदका लागि सत्तारुढ गठबन्धनकातर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । यसैगरी एमालेबाट प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी परेको छ । राप्रपाबाट प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, विवेकशील साझा पार्टीबाट प्रमुखमा समीक्षा बास्कोटा र उपप्रमुखमा कीर्ति (कंसाकार) तुलाधरको उम्मेदवारी परेको छ ।
यसै गरी सुमन सायमी, बालेन शाहसहित ३५ जनाले स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।

प्रमुख पदका उम्मेदवारको नामावली (वर्णानुक्रम)
१) अमोट महर्जन स्वतन्त्र
२) आनन्दराज जोशी राष्ट्रिय यथार्थवादी पार्टी नेपाल
३) इन्द्रमणि कपाली स्वतन्त्र
४) उमेशकुमार सिंह स्वतन्त्र
५) काजी लाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी समाजवादी
६) कान्ति तुलाधर (बज्राचार्य) स्वतन्त्र
७) किरण रञ्जित स्वतन्त्र
८) केशव स्थापित नेपाल कम्युनिष्ट पार्टी (एमाले)
९) जेठा महर्जन स्वतन्त्र
१०) ज्ञानु लामा तामाङ् स्वतन्त्र
११) डिल्लीराम राजभण्डारी सचेत नेपाली पार्र्टी
१२) दानिन्द्र जोशी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१३) दिपक सिलबाल स्वतन्त्र
१४) निमकान्त पाण्डे स्वतन्त्र
१५) निश्चल जोशी नेपाली जनता दल
१६) न्हुज मानन्धर स्वतन्त्र
१७) पियरत्न महर्जन नेपाल परिवार दल
१८) प्रणेशबहादुर मल्ल स्वतन्त्र
१९) प्रेमसागर कर्माचार्य उन्नत लोकतन्त्र पार्टी
२०) बच्पनराज श्रेष्ठ स्वतन्त्र
२१) बाबुराजा संगत स्वतन्त्र
२२) भक्तराज भुषाल नेपाली कांग्रेस (वि. पी.)
२३) मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी
२४) मधुसुदन खड्का (के. सी.) स्वतन्त्र
२५) मनिष श्रेष्ठ स्वतन्त्र
२६) मनोजराज आचार्य मौलिक जरोकिलो पार्टी
२७) महेन्द्र प्रजापती स्वतन्त्र
२८) रञ्जितमान शाक्य स्वतन्त्र
२९) रविकान्त मानन्धर स्वतन्त्र
३०) राजन कार्की स्वतन्त्र
३१) राजेन्द्र बस्नेत स्वतन्त्र
३२) रामबहादुर खड्का नेपाल समावेशी पार्टी
३३) राहुल मानन्धर स्वतन्त्र
३४) रुपा सुवाल आमुल परिवर्तन मसिहा पार्टी, नेपाल
३५) रोशन शाही स्वतन्त्र
३६) बालेन्द्र शाह स्वतन्त्र
३७) विजयप्रकाश सैजु नेपाः राष्ट्रिय पार्टीस्वतन्त्त
३८) विजय मानन्धर स्वतन्त्र
३९) विनय स्थापित स्वतन्त्र
४०) विपिनराज वैद्य स्वतन्त्र
४१) शैलेन्द्रमान श्रेष्ठ स्वतन्त्र
४२) सन्देश शाक्य स्वतन्त्र
४३) समीक्षा बास्कोटा विवेकशील साझा पार्र्टी
४४) सरिता घिमिरे नेपाल जनता पार्टी
४५) नरेन्द्र बज्राचार्य स्वतन्त्र
४६) सिर्जना श्रेष्ठ नेपाली कांग्रेस
४७) सीता तामाङ् मंगोल नेशनल अर्गनाइजेसन
४८) सुनिल श्रेष्ठ स्वतन्त्र
४९) सुमन सायमी स्वतन्त्र
५०) सुरज श्रेष्ठ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
५१) सुरेन्द्र महर्जन नेपाल मजदुर किसान पार्टी
५२) सुरेशरत्न बज्राचार्य आधुनिक नेपाल समाजवादी पार्टी
५३) शुशिल थापा क्षेत्री स्वतन्त्र
५४) सूर्य थापा (श्रेष्ठ) स्वतन्त्र
५५) शैलेश ढुङ्गाना स्वतन्त्र
५६) स्वइट थापा स्वतन्त्र

उपप्रमुख पदका उम्मेदवारको नामावली (वर्णानुक्रम)
१) अम्बरबहादुर खत्री स्वतन्त्र
२) आशिषचन्द्र तुलाधर स्वतन्त्र
३) आशिष महर्जन स्वतन्त्र
४) इन्दिरा अधिकारी थापा नेपाली कांग्रेस (वि. पी.)
५) उदय खडगी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
६) उमा गुरुङ् स्वतन्त्र
७) कल्पना ओझा मौलिक जरोकिलो पार्टी
८) कृष्ण तण्डुकार स्वतन्त्र
९) कीर्ति कंसाकार विवेकशील साझा पार्टी
१०) गुणबहादुर बञ्जारा क्षेत्री आधुनिक नेपाल समाजवादी पार्टी
११) जुगल तण्डुकार स्वतन्त्र
१२) नरेन्द्रमान डंगोल स्वतन्त्र
१३) पुष्पा खरेल नेपाल सुशासन पार्टी
१४) बन्दना बज्राचार्य नेपाली जनता दल
१५) विनिता मगैया राष्ट्रिय प्रजातन्त्र पार्टी
१६) मोहनकृष्ण श्रेष्ठ स्वतन्त्र
१७) रञ्जन डंगोल स्वतन्त्र
१८) रमेशप्रसाद जोशी स्वतन्त्र
१९) रवि नापित स्वतन्त्र
२०) राजेन्द्र खड्गी स्वतन्त्र
२१) राजेश शाही स्वतन्त्र
२२) रामेश्वर श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२३) रिङ्कु श्रेष्ठ स्वतन्त्र
२४) विद्या श्रेष्ठ (महर्जन) स्वतन्त्र
२५) विश्व विजय श्रेष्ठ स्वतन्त्र
२६) बेन्जी सिंह महर्जन स्वतन्त्र
२७) संगीता आचार्य सचेत नेपाली पार्टी
२८) सविता श्रेष्ठ नेपाल मजदुर किसान पार्टी
२९) सहेम खड्गी स्वतन्त्र
३०) सानु महर्जन स्वतन्त्र
३१) सुनिता डंगोल नेपाल कम्युनिष्ट पार्टी एमाले
३२) शारदा देवी मगर लोकतान्त्रिक समाजवादी पार्टी
३३) पनिता थापा मगर उन्नत लोकतन्त्र पार्टी

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ३ : २६ बजे