राष्ट्रपति भवनमा घटस्थापना

प्रचण्ड र नेपाल डा.केशरजंग जस्तै हुन् : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गर्नुभएको छ । 

रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको अध्यक्ष ओलीको टिप्पणी थियो। उहाँले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताउनुभयो । 

‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा। केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’, अध्यक्ष ओलीले मनमोहन अधिकारी स्मृति दिवसमा मंगलबार भन्नुभयो । 

पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव हुनुभएको थियो । तर, उनी चीन जाँदा डा. रायमाझीले यता नेपालमा पार्टी कब्जा गर्नुभएको थियो ।

सोही प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको बताउनुभएको हो ।   

यस्तै, अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।  उहाँले भन्नुभयो– ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’
 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  २ : १० बजे