काठमाडौं– आकाशमा देखिएको तुवाँलो अझै केही दिनसम्म रहिरहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार तुवाँलोले ढाकेको मौसमी अवस्थामा तत्काल सुधार हुने अवस्था देखिएको छैन् । हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई तुवाँलो लागेको विभागले जनाएको छ।
देशका अधिकांश स्थानमा लागिरहेको डढेलोका कारण पनि अहिलेको अवस्था आएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेकाले जनजीवन असामान्य हुन गएको विभागको भनाइ छ। तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।
प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार ७ : २५ बजे
प्रतिक्रिया