बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आगलगी हुँदा रु १५ लाखको क्षति

मलङ्गवा।  मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । 

नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलगीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । 

बिद्युत् चुहावट हुँदा घरमा आगलगी भएको प्रारम्भीक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । घरमा सुतिरहेको समयमा आगलगी हुँदा ठूलो क्षति हुन पुगेको पीडित मल्लिकले बताउनुभयो । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो । 

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलगीबाट सरसमान जलेपनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थपक्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १२ : २६ बजे