राष्ट्रपति भण्डारीद्वारा फ्रान्सका राष्ट्रपतिलाई बधाइ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति एम्यानुयल माक्रोनलाई बधाइ दिँदै उहाँको दोस्रो कार्यकाल सफलताको कामना गर्नुभएको छ । 

    राष्ट्रपति भण्डारीले आज ट्वीटमार्फत बधाइ तथा शुभकामना दिनुभएको  हो । उहाँले माक्रोनको कार्यकालमा नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ । “आगामी दिनमा नेपाल–फ्रान्स सम्बन्ध र सहयोगको क्षेत्र थप प्रगाढ र व्यापक हुँदै जानेछ भन्ने मेरो विश्वास छ’’, विज्ञप्तिमा भनिएको छ । 

    फ्रान्सका राष्ट्रपति माक्रोन राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएको हो । 
 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ०० बजे