पाेखराकाे मेयरमा गठबन्धनबाटै कांग्रेसका पूर्व कोषध्यक्षले दिए दाेस्राे बागी उम्मेदवारी

पाेखरा – पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन् ।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ३३ बजे