इन्द्रावती गाउँपालिकामा झम्क नेपाल र शोभना तामाङको उम्मेदवारी दर्ता

​​​​​​​सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकामा एमालेको तर्फबाट मनोनयन दर्ता गराउन झम्क नेपाल र शोभना तामाङ निर्वाचन कार्यलय नवलपुर पुग्नुभएको छ । नवलपुर निर्वाचन कार्यलय पुगरे उहाँहरुले मनोनयन दर्ता गराउनुभएको हो ।  

नेकपा एमालेका इन्द्रावती गाउँपालिकाका अध्यक्षका उम्मेदवार झम्क नेपाल र  उपमेयरका उम्मेदवार शोभना तामांग जुलुस सहित मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय नवलपुर  पुग्नु भएको थियो। अध्यक्षका उम्मेदवार नेपालले इन्द्रावतीमा जुनसुकै हालतमा जित्नुपर्नेै बताउनुभयो । उहाँले छोटो समयमा धेरै सफलता हात पार्नु पर्ने बताउनुभयो । 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने आज अन्तिम दिन भएकाले हालसम्म देशभर २८ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

​​​​​​​

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ४६ बजे