भरतपुरको मेयरको उम्मेदवारमा एमालेका सुवेदीको मनोनयन दर्ता 

भरतपुर । चिनवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तवकमा देवि ज्ञवाली र समर्थक कृष्णभत्त पोखरेल रहनुभएको छ ।  यस्तै, उपमेयरमा राप्रपासँग तालमेल गर्ने सहमति भएको थियो । राप्रपाका उमेदवार भने आउनुभएको छैन।

नेकपा एमालेबाट भरतपुरका मेयर उमेदवार सुवेदीले मनोनयन दर्ता गर्नुअघि जननेता मदन भण्डारी र नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्नुभएको थियो । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ०३ बजे