ललितपुरको मेयर-उपमेयरमा एमालेको उम्मेदवारी दर्ता

ललितपुर – ललितपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो ।

उम्मेदवारी दर्ता गर्नुअघि उहाँहरूले शताव्दी पुरुष सत्यमोहन जोशी र सिद्धीलाल सिंहलाई भेट्नुभएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५६ बजे