सुनको मूल्यमा नयाँ कीर्तिमान

सूर्यविनायकबाट २५ लाखभन्दा बढीको सुन तथा चाँदीका गहना चोरी

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट सुन तथा चाँदीका विभिन्न गहना चोरी भएको छ । 

उप्रेतीको घरबाट करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ती गहना चोरी भएको हो । 

गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ५४ बजे