‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल र श्रीङ्काका निर्माण व्यवसायीबीच सहकार्य हुने

काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणा तिलकालाई भेटी नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ । 

महासङ्घ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण  क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गरायो । श्रीलङ्काबाट नेपालमा हेभि इक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा भेटमा छलफल भएको थियो । भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायीसँग मिलेर काम गर्न श्रीलङ्काका निर्माण व्यवसायी इच्छुक रहेको जानकारी गराउनुभयो । 

दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदानप्रदान गर्न चाँडै वेबिनार गर्ने समेत राजदूत तिलकाले बताउनुभयो । प्रतिनिधिमण्डलमा महासङ्घका सल्लाहकार इञ्जिनीयर विरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकीय अधिकृत शुभेच्छा सिंहलगायतको सहभागिता थियो ।
 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : १७ बजे