इलाम । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । निरन्तरको छलफल पछि एमाले इलाम नगरपालिकाले उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेको प्रदेश कमिटीको बैठकले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगो र उपप्रमुखमा सिता रिजालको नाम टुंगाएको छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् ।
प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार ११ : ०१ बजे
प्रतिक्रिया