राष्ट्रपति भवनमा घटस्थापना

एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार

काठमाडौँ । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको बताउनुभयो । 

थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष हुनुहुन्छ । विद्यार्थी राजनीतिबाट आउनुभएकाका उहाँ करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील हुनुहुन्छ । उहाँ मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति समेत भइसक्नुभएको छ । 

विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक सङ्घीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितको पनि चाहना थियो ।  अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकाङ्क्षी हुनुहुन्थ्यो।  तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाउनुभएको हो ।  

त्यसैगरी, विराटनगरको उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको इन्चार्ज ढकालले जानकारी दिनुभयो छ ।  

विराटनगरको मेयर र उपमेयरमा नेपाली काँग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ । पाँच दलीय गठबन्धनले विराटनगरको मेयर काँग्रेसको र उपमेयरमा जनता समाजवादी पार्टीको भागमा पारेको छ ।

त्यस्तै, एमालेले सुनसरीको इटहरी उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार भने यम सुब्बा हुनुहुने भएको छ ।  पुर्ख्यौली घर ताप्लेजुङ भएका उहाँ पनि लामो समयदेखि इटहरी रहेर एमाले राजनीतिमा सक्रिय हुनुहुन्छ । 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ३३ बजे