राष्ट्रपति भवनमा घटस्थापना

यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ ।  पहाडी भू–भागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मङ्गलवार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बागमती र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली  रहने ठानिएको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ वैशाख १२ गते (सोमवार) 
​​​​​​​दिउँसो
: देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ।  प्रदेश १ र गण्डकी  प्रदेशको पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी  प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १३ गते (मङ्गलवार) 
दिउँसो
: देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली  रहनेछ र देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागका  एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १४ गते (बुधवार)
दिउँसो:
देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ का एक÷दुई स्थानमा  मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ४३ बजे