एमालेले टुंग्यायो ओखलढुंगाका उम्मेदवारहरु

ओखलढुंगा । ​​​​​​​नेकपा एमाले ओखलढुंगाले उमेद्वारहरुको टुङ्गो लगाएको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्न सिद्धिचरण नगरपालिका सहित ८ स्थानीय तह र ७५ वटै वडाका उमेद्वारको नाम टुङ्ग्याएको हो ।

जसअनुसार सिद्धिचरण नगरपालिकाको मेयरमा ईच्छाकुमारी गुरुङ र उपमेयरमा केदारबाबु बस्नेत उम्मेदवार बन्नुभएको छ । यस्तै खिजीदेम्बा गाउँपालिका अध्यक्षमा रामबहादुर खत्री, उपाध्यक्षमा कमला सुनुवार, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा रुपलाल तामाङ उपाध्यक्षमा अम्मता राई, चम्पादेवी गाउँपालिका अध्यक्षमा खड्ग कार्कीलाई उमेद्वार बनाउने निर्णय भएको छ ।

यसैगरी मोलुङ गाउँपालिका अध्यक्षमा उत्तम राई, उपाध्यक्षमा उर्मिला खतिवडा, सुनकोशी गाउँपालिका अध्यक्षमा ईन्द्रबहादुर खड्का (सुनिल), उपाध्यक्षमा तारा कार्की (सरस्वती) लिखु गाउँपालिका अध्यक्षमा मिलन विष्ट, उपाध्यक्षमा अस्मिता थापालाई उमेद्वार बनाउने निर्णय गरेको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र कका ईन्चार्ज अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो ।

जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेका अनुसार जिल्ला कमिटीले जिल्लाका ७५ वटै वडाका अध्यक्ष र सदस्यहरुको नाम पनि टुङ्गो लगाएको छ । पार्टीले निर्णय गरेका आधिकारीक उमेद्वारको पक्षमा उत्साह पूर्वक निर्वाचनमा जुट्न एमालेले मातहत कमिटीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ४ : ०४ बजे