रुपन्देही एमालेले टुङ्ग्यायो सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार

रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले रुपन्देहीले १६ वटा स्थानीय तहको उम्मेदवार टुङ्गो लगाएको छ । पटक पटकको छलफल पछि एमाले रुपन्देहीले उम्मेदवार टुङ्गो लगाएको हो । 

बुटवलको उपमहानगरपालिकामा मेयरमा बाबुराम भट्टराई उपमेयरमा सविता अर्याल,देवदह नगरपालिकामा मेयरमा ध्रुव प्रसाद खरेल उपमेयरमा विद्यालक्ष्मी गरुंङ,तिलोत्तमा नगरपालिकामा मेयरमा मोहन चापागाईँ उपमेयरमा जागेश्वरी देवी चौधरी,सैनामैना नगरपालिकामा मेयरमा चित्र बहादुर कार्की,उपमेयरमा विना राना,सिद्धार्थ नगरपालिकामा मेयरमा डा.रामप्रसाद बस्याल उपमेयरमा उमा अधिकारी,लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयरमा रमावति यादव उपमेयरमा कल्पना हरिजनलाई सिफारिस गरेको एमाले रुपन्देहीले जनाएको छ । 

त्यस्तै ओमसतीया गाउँपालिकाको अध्यक्षमा मन्जित कुमार यादव सोनु उपाध्यक्षमा निर्मला कुमारी निषाद,रोहिणी गाउँपालिकाको अध्यक्षमा सनोज कुमार यादव उपाध्यक्षमा बसन्ती पाण्डे,मायादेवी गाउँपालिकाको अध्यक्षमा लाला लोध उपाध्यक्षमा सन्नु चाइ,मर्चवारीमाइ गाउँपालिकाको अध्यक्षमा कमलेश यादव उपाध्यक्षमा विन्दावती गौड,सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मुस्लिम खान उपाध्यक्षमा पीँकला लोध,कोटही माई गाउँपालिकाको अध्यक्षमा श्याम सुन्दर यादव उपाध्यक्षमा माया शाहानी,गौड हवा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र पौडेल उपाध्यक्षमा माधुरी जैसवाल,कञ्चन गाउँपालिकाको अध्यक्षमा दिननाथ आचार्य उपाध्यक्षमा ओम कला राहडी,शुद्धोदन गाउँपालिकाको अध्यक्षमा किसुन चन्द्र चौधरी उपाध्यक्षमा शान्ता देवी ज्ञाावली,त्यस्तै सियारी गाउँपालिकाको अध्यक्षमा अयोध्या थारु उपाध्यक्षमा अमृता गरुङलाई सिफारिस गरेको एमाले रुपन्देहीले जनाएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १ : ४१ बजे