राष्ट्रपति भवनमा घटस्थापना

एमाले काभ्रेले टुङ्ग्यायो सबै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार (सूचीसहित)

काभ्रे । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले काभ्रेपलान्चोकले १३ वटै स्थानीय तहमा उम्मेदवारी टुङ्गो लगाएको छ । 

पटक पटकको छलफलपछि एमाले काभ्रेले १३ वटै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएको हो । उम्मेदवार टुङ्गो लगाए पनि मनोनयन भने भोलि सोमबार मात्र दिने नेकपा एमाले काभ्रेले जनाएको छ । 

नेकपा एमाले बनेपा नगरपालिकाको मेयरमा प्रमुख रत्नकुश रञ्जित र उपप्रमुख विमला सापकोटालाई चयन गरेको छ । धुलिखेलको मेयरमा अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी,पनौती नगरपालिकाको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जरा,नमोबुद्ध नगरपालिकाको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा ,मण्डनदेउपुर नगरपालिकामा  प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखाल नगरपालिकाको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार सिफारिस गरेको छ ।

त्यसैसरि एमालेले भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा जितराम लामा र  उपाध्यक्षमा बबिता खरेल, बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना र उपाध्यक्षमा सरला लामिछाने, रोशी गाउँपालिकाको अध्यक्षमा देवसागर लामा र बबिता बोहरा, तेमाल  गाउँपालिकाको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सन्तेन लामा, खानीखोला गाउँपालिकाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुक्मिणी  गुरुङ, महाभारत  गाउँपालिकाको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १२ : ५० बजे