काठमाडौं । बागमती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश राजधानी हेटौंडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिनुभएको हो ।
राजीनामा पत्र उहाँले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाउनुभयो । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा मनोनयन दर्ता गरिने स्थापितले बताउनुभयो।
प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहनुभएका उहाँ काठमाडौं महानगरपालिकाको दोस्रोपटक मेयरमा उम्मेदवारी दिन लाग्नुभएको हो ।
प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार १२ : १५ बजे
प्रतिक्रिया