थप ५७ वटा हिमाल आरोहणका लागि खुला

पूर्व राज्यमन्त्री डिम्पल झाको निधन 

काठमाडौँ । पूर्व राज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

झाको उपचारका क्रममा आइतबार राति काठमाडौँमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य झा पछिल्लो दुई वर्षयता क्यान्सरसँग जुधिरहनुभएको थियो।  पूर्व संविधानसभा सदस्य समेत रहनुभएकी झा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्य मन्त्री पनि बन्नुभएको थियो। 

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : ४० बजे