राष्ट्रपति भवनमा घटस्थापना

एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो स्थानीय तह निर्वाचनको उम्मेदवार

सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्यायोको छ । 

पटक–पटकको छलफलपछि शनिवार राति उम्मेदवारी टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले बताउनुभयो । 

उहाँका अनुसार बाह्रबिसे नगरपालिकाको मेयरमा निमफुन्जो शेर्पा, उपमेयरमा कल्याणी घिसिङ, चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा इन्द्रबहादुर नेपाल, उपमेयरमा बालकुमारी सापकोटा, र मेलम्ची नगरपालिकाको मेयरमा बालकृष्ण देउजा, उपमेयरमा उमा प्रधानलाई सिफारिस गरिएको छ । 

त्यस्तै, भोटेकोशी गाउँपालिकाको अध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा सुन्तली माया तामाङ, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा मेघनाथ पौडेल, उपाध्यक्षमा सबिता श्रेष्ठ, लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा सूर्य बहादुर लामा, उपाध्यक्षमा कन्चन लामा, सुनकोशी गाउँपालिकाको अध्यक्षमा अध्यक्षमा टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्षमा मन्जु भण्डारी, बलेफी गाउँपालिकाको अध्यक्षमा नारायण काजी श्रेष्ठ, उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिकाको अध्यक्षमा जय बहादुर लामालाई सिफारिस गरिएको छ ।  

त्यस्तै, इन्द्रावती गाउँपालिकाको अध्यक्षमा झम्कनाथ नेपाल, उपाध्यक्षमा शोभना तामाङ, पाँचपोखरी गाउँपालिकाको अध्यक्षमा टासी लामा, उपाध्यक्षमा सुनिता अधिकारी, हेलम्बु गाउँपालिकाको अध्यक्ष: हस्तबहादुर पण्डित सिफारिस हुनुभएको छ भने जुगल र हेलम्बुको गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार भने टुङ्ग्याउन बाँकी रहेको एमाले जिल्ला सदस्य दिनेश थापाले बताउनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २२ बजे