एमालेले मनाङमा उम्मेदवार टुङ्ग्यायो

लमजुङ । नेकपा (एमाले)ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याएको छ । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लाका गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुङ्ग्याएको हो । 

एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याउने हुनुभएको छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाउनुभएको छ ।

चामे गाउँपालिकामा पनि लोकेन्द्र बहादुर घलेले नै अध्यक्षमा दोहोरिने हुनुभएको छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ(स्वतन्त्र)उम्मेदवार बन्ने हुनुभएको छ  ।

यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ । मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन् । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।  

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : ५७ बजे