एमाले सचिवालय बैठक सुरु :उम्मेदवार टुंगो लगाउने

भक्तपुर । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

दिउँसो ३ बजे बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा साझँ ६ बजे सुरु भएको हो । प्रदेशका अध्यक्ष र इन्चार्जसँग अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ लिंदा एमालेको सचिवलालय बैठक बस्ने ढिलाइ भएको छ ।

बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : २२ बजे