काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेकपा (एमाले)ले याम सुब्बालाई उम्मेदवार बनाउने भएको छ ।
तल्ला कमिटीको सिफारिसमा एमाले सचिवालयले मेयरमा सुब्बा र उपमेयरमा सरिता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।
सुब्बाले चार कार्यकाल इटहरी पार्टी प्रमुख भएर काम गरिरहनुभएको छ भने चौधरी नगरस्तरीय नेतृ हुनुहुन्छ ।
यस विषयमा ठोस निर्णाय गर्न एमाले इटहरीको सचिवालय बैठक आज बस्दैछ ।
प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार ४ : ३९ बजे
प्रतिक्रिया