राष्ट्रपति भवनमा घटस्थापना

उछिट्टिएर बनेको उल्का पिण्डसँग एमालेको तुलना कती ठीक ?

स्थानीय निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार छनोट, घोषणापत्र सार्वजनिक गर्ने कार्य तीव्र भएको छ । समाचार माध्यमहरू यस्तै समाचार र विचार पस्किरहेका छन् । बौद्धिक, राजनीतिक व्यक्तित्वहरूका विचार, टिप्पणीहरू पनि बाहिरिएका छन् । ‘जुन गोरुको सिङ छैन, उसैको नाम तीखे’ राजनीतिका जानकारहरू माधव नेपालले नेतृत्व गरेको नेकपा(एस, अर्थात् एकीकृत समाजवादी)लाई यही भनाइसँग जोड्दछन् । नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह नेकपा (एमाले)बाट उछिट्टिएर बनेको राजनीतिक उल्का पिण्डले आफ्नो नाम ‘एकीकृत’ राख्दछ, जसले कम्युनिष्ट आन्दोलनका नाममा आर्जेको राजनीतिक शक्ति नवउदारवादी काँग्रेसका चरणमा सुम्पिन्छ, अनि आफूलाई ‘समाजवादी’ भन्दछ भने यस्तालाई के नामले बोलाउने होला रु त्यसैले, ‘जुन गोरुको सिङ छैन, उसैको नाम तीखे’ भन्ने नाम नै यसका लागि मिल्दोजुल्दो देखिन्छ । वास्तवमा, कोष्ठभित्र राखिएको ‘एस’ पार्टी एमालेको सानो चोइटो बाहेक अरू केही होइन । यसलाई साह्रै ठुलो बनाएर भन्दा यो नेपाली राजनीतिको एउटा उल्का पिण्ड हो । 

यस पार्टीको आफ्नो कुनै सैद्धान्तिक आधार छैन । एउटा कम्युनिष्ट पार्टीमा हुनुपर्ने क्रान्तिको कार्यक्रम छैन । यससँग विगतको कुनै विरासत पनि छैन । न सशस्त्र क्रान्ति, न शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यम, न समाजवादको मार्गचित्र ! यताउताको जोडजाम, एमालेको सिद्धान्त, कार्यक्रम, कार्यदिशा र कार्यनीतिको नक्कल बाहेक यससँग आफ्नो भन्नु केही छैन । चुनावमा पनि गठबन्धन र मगन्ते चरित्र बाहेक केही छैन । पाँच दलीय हिसाबले दामासाहीमा बाँडेर त्यसैमा जित्दा पनि २० प्रतिशत हुने हो । तर, यो पनि एउटा कल्पना मात्र हो । वास्तविकता त पचास प्रतिशत नेपाली काँग्रेस र बाँकी रहेको पचास प्रतिशतमा बाँकी रहेका चार दलबीच भागबण्डा हुने हो । जसलाई कुल सङ्ख्या वा स्थानको मुस्किलले तेह्र प्रतिशत बिलोमा हक लाग्छ, उसले पुरै राष्ट्रलाई नै कायापलट गर्ने हो कि भनेझैँ नारै नाराको घोषणापत्र छाप्छ र दुनियाँलाई ढाँट्दछ, उसैका कुरा नेपाली जनताले पत्याउन पर्ने हुन सक्छ र ?

पाँच दलीय हिसाबले दामासाहीमा बाँडेर त्यसैमा जित्दा पनि २० प्रतिशत हुने हो । तर, यो पनि एउटा कल्पना मात्र हो । वास्तविकता त पचास प्रतिशत नेपाली काँग्रेस र बाँकी रहेको पचास प्रतिशतमा बाँकी रहेका चार दलबीच भागबण्डा हुने हो । जसलाई कुल सङ्ख्या वा स्थानको मुस्किलले तेह्र प्रतिशत बिलोमा हक लाग्छ, उसले पुरै राष्ट्रलाई नै कायापलट गर्ने हो कि भनेझैँ नारै नाराको घोषणापत्र छाप्छ र दुनियाँलाई ढाँट्दछ, उसैका कुरा नेपाली जनताले पत्याउन पर्ने हुन सक्छ र रु  

उसले घोषणापत्रमा दिएका चुनावी नारामा निःशुल्क खानेपानी, घर घरमा, महिलाको हित र सुरक्षा, विद्युत् शुल्कमा छुट, आफ्नो गाउँ, आफै बनाऊँ आदि मनै लोभ्याउने, रहर जगाउने विज्ञापन छन् । विज्ञापन होस् वा चुनाव प्रचार, राम्रो लागेको तिर ध्यान जानु स्वाभाविक हो । तर, सचेत मानिसहरू झुटो प्रचारको पछि लाग्दैनन्, विषयको जाँच परख गर्दछन्, हो, होइन भन्ने कुराको जरो पत्ता लगाउँछन् र व्यवहार गर्दछन् । कुनै उपभोग्य वस्तुको प्रचारबाट झुक्कियो भने त्यस विरुद्ध उजुर बाजु गर्न सकिन्छ वा त्यसको उपयोग नगरेर जोगिन पनि सकिन्छ, कथंकदाचित उपयोग गरियो भने त्यसको औषधि उपचार गर्न सकिन्छ । निर्वाचनमा असावधानी भयो, झुक्कियो भने यसको परिणाम सिङ्गो समाज लामो समयसम्म त्यसको असर र दूरगामी प्रभाव रहन्छ । तसर्थ, चुनावी नाराका रूपमा आउने सस्ता विज्ञापनबाट जागिन जरुरी हुन्छ ।  

गठबन्धन दल, त्यसमा पनि आफ्नो कुनै हैसियत नभएको उल्का पिण्ड कुरा राम्रा भए पनि पत्याउनु अघि विचार पु¥याउन आवश्यक हुन्छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, जनमोर्चा, एस नामको उल्का पिण्डले विज्ञापन आफ्नै पार्टीका नाममा गरेका छन्, तर चुनाव गठबन्धन गरेर लड्दैछन् । यस्तो अवस्थामा उनीहरूको घोषणापत्र मार्फत गरिएका विज्ञापन कसले कसरी कार्यान्वयन गर्लान् रु उनीहरूले जित्न सम्भावना त देखिँदैन, तर कथंकदाचित गठबन्धनले जित्यो भने पनि कसको घोषणा कार्यान्वयन हुन्छ रु राष्ट्रिय सम्पत्ति कुनै एउटा पालिकालाई हुन्छ र रु एमालेको नारा ।।सुशासन, विकास र समृद्धि समाजवादको आधार, सबै स्थानीय तहमा एमालेको सरकार । एउटा सिङ्गो पालिकामा एक्लै उम्मेदवारी दिन नसक्नेले यस्तो कुरा गर्दा जनताले पत्याउन पर्ने रु कुन पालिकामा कुन कुन पदमा जितेर यो प्रतिबद्धता लागू गर्ने होलान् रु गठबन्धनको साझा घोषणापत्र भए थोरै भए पनि विश्वास गर्ने आधार हुन्थ्यो । एक्लै चुनाव लड्नेले भन्न सक्ने कुरा टुक्रा टुक्राको गठजोडले भन्नु स्वयंमा अविश्वसनीय र झुटो हो भनेर बुझ्न सकिन्न र रु फरक फरक राजनीतिक दृष्टिकोण, फरक फरक दलका बीचमा, फरक फरक पदमा निर्वाचित जनप्रतिनिधिले आफ्नो वाचा कबोल कसरी लागू गर्न सक्छन् रु कसैका रिसले यति पनि नसोची उल्का पिण्डहरूका पछि लागिन्छ भने हामी नेपालीहरूको भाग्यमा ठगिनु, ढाँटिनु, लुटिनु बाहेक केही लेखेको छैन । आफ्नो भाग्य आफै लेख्नेले अहिलेको निर्वाचनमा फरक फरक घोषणापत्रको विज्ञापन गरेर गठबन्धनमा चुनाव लड्नेको नियत बुझ्न आवश्यक छ । 

एकातिर यस्तो कहीँ नभएको जात्रा गरिरहेका उल्का पिण्डहरू छन्, स्थानीय तहका वडामा जतिसंख्या, उति नै दल छन् भने पालिकाका प्रमुख र उपप्रमुख पनि फरक फरक दलका हुनेछन् । अर्कातिर नेकपा एमाले छ । एमालेले विगतमा सङ्घ, प्रदेश र स्थानीय तहको अग्रसरतामा महत्त्वपूर्ण काम गरेको छ । यसको नेतृत्वको कार्यकालमा पूर्वाधार विकासतर्फ ४ हजार ३६२ किलोमिटर कालोपत्र सडक बनेको, शत प्रतिशत तुइन विस्थापित भएको, अमलेखगञ्ज–मोतिहारी सीमा वारपार पेट्रोलियम पाइपलाइन बनेको, जनकपुर–जयनगर–कुर्था रेलमार्ग निर्माण गरेको र सञ्चालनमा आएको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सपन्न भएको, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छर्लङ्ग देख्न सकिन्छ ।

नेकपा एमालेकै कार्यकालमा प्रत्येक पालिकामा न्यूनतम १५ शैयाको आधारभूत अस्पताल निर्माण सुरु भएको, योगदानमा आधारित सामाजिक सुरक्षा आरम्भ गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार नागरिकहरूलाई न्यूनतम १०० दिनको रोजगारी दिएको, त्यसरी लाभान्वित गराउन नसकिएका बेरोजगारहरूलाई बेरोजगार भत्ता लागू गरिएको, तामाकोेशी जलविद्युत आयोजना सम्पन्न गरिएको विषय छ । जनताले सोचेजति सबै एकै कार्यकालमा हुन सक्दैन, तर भएका काम हेर्ने हो भने एमालेका काम उदाहरणीय छन्, भरोसायोग्य छन् । 

एउटै पार्टीले जित्दा उसले आफ्नो घोषणापत्र अनुसारका काम विनारोकटाेक गर्न सक्दछ । मिलीजुली जितेका दलले कुनै राम्रो काम गर्न सोचिहाले भने पनि दलीय सहमतिका नाममा ढिलासुस्तीका अनेकौँ बहाना हुन्छ । 

यतिबेला नजिकै आइसकेको निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एमालेले १७ वटा ठोस प्रतिबद्धता पनि अघि सारेको छ ।

  • गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार
  • यनिरोगी नेपाल, स्वस्थ नेपाली
  •  स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी
  •  आधुनिक ऊर्जा : उज्यालो पालिका
  • उन्नत कृष्णि : किसानको समृद्धि
  •  सहज आवागमनको आधार : दिगो यातायात पूर्वाधार
  •  एकीकृत बस्ती, योजनाबद्ध सहरी विकास : विकसित पालिका, सुरक्षित आवास
  •  औद्योगीकरण र आर्थिक वृद्धि : स्वदेशमै रोजगारी सम्मान र समृद्धि
  • उद्यमशीलता र रोजगारी : समृद्धिका लागि सहकारी
  •  मौलिक कला र संस्कृति : पर्यटनबाट समृद्धि
  •  सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा
  •  समानताको महिला यात्रा : समाजवाद–उन्मुख राज्यको विशेषता
  •  खुसी ज्येष्ठ नागरिक, सुखी बालबालिका : अपाङ्गमैत्री सबै पालिका
  •  जलवायु अनुकूलन र विपद् व्यवस्थापन : विकास र वातावरणबीच सन्तुलन
  •  समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार
  •  संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय
  •  संस्थागत सुदृढीकरण : योजनाबद्ध विकास

यस्ता स्पष्ट दृष्टिकोणसहित जनताबीच आएको एमाले र उल्का पिण्डका बीचमा कुनै तुलना हुन सक्छ र रु यस्तो हुन सक्दैन । केही मानिसहरू एमालेले पनि अरूसँग चुनावी तालमेल गरेको विषयमा बुझपचाएर टिप्पणी गरिरहेका पनि छन् । तर, स्पष्ट के हो भने ती सबै सहयोगी दलहरू एमालेकै नेतृत्व, घोषणापत्र र चुनाव चिन्हमा प्रतिस्पर्धा गरिरहेका छन् । यो आधारभूत भिन्नताबारे बुझी बुझी बुझपचाउनेका पछाडि लाग्नपर्ने छैन । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ३३ बजे