जनकपुर उपमहानगरपालिका जसपाको भाग,कांग्रेसमा असन्तुष्टि,कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी जसपालाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा पनि गर्नुभएको छ । उहाँले भन्नुभयो ,पार्टीले गठबन्धनका दलहरूबीच तालमेलको नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्यो सरासर गलत छ । र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बोधन नभएपछि पार्टी जिल्लाको निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हुँ । पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएको स्पष्ट पारे । उहाँले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी  हुने दाबी पनि गर्नुभयो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : १० बजे