चितवन। पश्चिम चितवनको यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो ।
भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका अध्यक्ष नविनराज पौडेलले जानकारी दिनुभयो ।
हावाहुरीले टवरसँगै सोलार प्यानल समेत उडाएको उहाँले जानकारी दिनुभयो । एक महिनाअघिमात्रै रेडियो आफ्नै भवनमा सारिएको थियो । सो क्रममा टावर पनि नयाँ जडान गरिएको थियो । रासस
प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार १० : ३९ बजे
प्रतिक्रिया