राष्ट्रपति भवनमा घटस्थापना

एमालेले महानगर र उपमहानगरको उम्मेदवार आज टुङ्गो लगाउँदै 

काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूको टुङ्गो आज लगाउने भएको छ  । 

एमालेले भोलि (आइतबार) मनोनयन दर्ताको समय भएकाले आजै उम्मेदवारहरूको टुङ्गो लगाउन लागेको हो ।

एमालेलाई ललितपुर, भरतपुर र वीरगंजको प्रमुख पदका उम्मेदवार टुङ्गो लगाउन सहज छ । किनभने यी तीन महानगरपालिकाको प्रमुख पदमा एक/एक जना उम्मेदवार सिफारिस भएका छन्  ।  ललितपुरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगंजबाट विजय सरावगीको नाम सिफारिस भएको छ । 

उपप्रमुख पदका उम्मेदवारहरूको नाम सिफारिस नभएका कारण ती महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लाग्न बाँकी रहेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताउनुभयो । अरू तीन महानगरपालिका काठमाडौँ, पोखरा र विराटनगरबाट भने प्रमुख र उपप्रमुख पदमा धेरैको नाम सिफारिस भइसकेको छ । सिफारिसको अध्ययन र छानबिन गरेर पार्टी केन्द्रले प्रमुख र उपप्रमुख पदका उम्मेदवारको टुङ्गो लगाउने भएको छ । 

उम्मेदवार टुङ्गो लगाउन सहज पुग्ने गरी यसअघि नै एमालेले मापदण्ड बनाएको छ । सोहीअनुसार उम्मेदवार छनोट हुने पार्टी प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

यस्तै, ११ वटा उपमहानगरपालिकाको प्रमुख÷उपप्रमुख पदका उम्मेदवारहरूको पनि नाम सिफारिस भइसकेको छ । 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : २२ बजे