राष्ट्रपति भवनमा घटस्थापना

दिक्तेल नगरमा एमालेको सर्वसम्मत उम्मेदवार सिफारिस 

खोटाङ । नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुङ्गो लगाएको छ । 

नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।

नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुनुहुन्छ । उहाँ २०७४ सालको निर्वाचनमा मेयरकै दाबेदार हुनुहुन्थ्यो । उपमेयरका उम्मेदवार राई दोस्रो कार्यकालका लागि उठ्न लाग्नुभएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत हुनुहुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : १७ बजे