‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पार्टी अनुशासनले सबैको हित गर्छ : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले नेता शंकर पोखरेलले माधव नेपाल र भीम रावलमाथिको कारबाही पार्टीको अनुशासन भएको बताउनुभएको छ । 

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र रावललाई कारबाही गरेपछि उहाँले पार्टी अनुशासनले सबैको हित गर्ने बताउनुभएको हो । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाललमा लेख्दै भन्नुहुन्छ, विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्दा यसबाट उद्धेलित  हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ०८ बजे