टिकट नपाएपछि भरतपुरका काङ्रेसले लगाए सभापतीको कार्यकक्षमा ताला

चितवन । भरतपुर महानगरपालिकामा मेयर नपाएपछि नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।नारायणगढको कमलनगरमा रहेको पार्टी कार्यालयमा असन्तुष्ट नेताहरुले सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।  

सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट नेताहरुले आजै विरोध कार्यक्रम आयोजना गरेका छन् ।  विरोध कार्यक्रममा केन्द्रीय नेताहरु टेकप्रसाद गुरुङ, दिनेश कोइराला, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, जगननाथ पौडेल, पूर्व सभापति कृष्णलाल सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष शभ्मु अर्याल, कृषि तथा वन विश्वविद्यालयका पूर्व रजिस्टार श्रीकान्त घिमिरेलगायले सम्बोधन गर्नुभएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ०७ बजे