काँग्रेस र कम्युनिस्ट दुवै हतियार उठाएर आएका हुन् : अध्यक्ष केपी ओली

काठमाडौँ / एमाले अध्यक्ष केपी ओलीले काँग्रेस र एमालेले पनि हतियार उठाएर राजनीतिमा आएको बताउनु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उनले राणा शासन अन्त्यका लागि काँग्रेस पनि हतियार उठाएको र एमाले पनि हतियार उठाएरै राजनीतिमा आएको बताउनु भयो। 

‘नेपाली काँग्रेस पनि स्थापना हुँदा बल प्रयोग गरेर राणा शासन उल्ट्याउने नीतिका साथ स्थापना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी पनि बल प्रयोगद्वारा राज्यसत्ता प्राप्त गर्ने र न्यायोचित समाज स्थापना गर्ने नीतिका साथ स्थापना भएको थियो । २००७ सालमा काँग्रेसले हतियार उठाएको हो, हामीले पनि हतियार उठाएका हौँ सात सालमा,’ अध्यक्ष ओलीले भन्नु भयो । 

तानाशाह व्यवस्थाका बेला स्थापना भएका पार्टीले तानाशाह व्यवस्था उल्ट्याउन हतियार उठाएको उहाँको भनाइ छ । 

तर, तानाशाही नभएका बेला, शान्तिपूर्ण ढङ्गले संवैधानिक बाटोबाट परिवर्तन सम्भव भएका बेला हिंसाको बाटो अपनाइन्छ भने त्यो उग्रपन्थ हुने र यसले क्रान्तिलाई टाढा बगाउने अध्यक्ष ओलीले बताउनु भयो । 
 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ३१ बजे