राष्ट्रपति भवनमा घटस्थापना

मरिण गाउँपालिकाकाबाट माओवादी केन्द्रका ७८ बढीले दिए सामूहिक राजिनामा

सिन्धुली । माओवादी सिन्धुलीका जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो श्रीमती दीपा बोहोरालाई सुनकोसी पालिकामा जिताउनका लागि कांग्रेससँग सिट भागबन्डा गरेसँगै माओवादी केन्द्रका ७८ जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । 
मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीसहित ७८ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागेका हुन् । 

गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक विद्रोह गरेका हुन् । गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार र बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।
यसैबीच मरिण गाउँपालिकाका वडा नं ६ का शम्भु कार्की माओवादी छाडेर एमालेको अध्यक्षका उम्मेदवार बन्नुभएको छ । वडा नं ७ का खिलहरि गिरीले पनि माओवादी त्याग्नुभएको छ । 

गाउँपालिका कमिटी उपाध्यक्ष चिनध्वज बम्जनको नेतृत्वमा ६७ जनाले लिखित र अन्य दर्जनौंले अलिखित रुपमा माओवादी परित्याग गरेको घोषणा गरेको हुन् । 

यो राजीनमापछि माओवादी मरिण गाउँपालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सचिवालय सदस्यलगायत धेरै वडा कमिटीका अध्यक्ष र सचिवलगायतका पदाधिकारीविहीन बन्न पुगेका छन् ।

 

माओवादीले मरिण गाउँपालिकामा गत चुनावमा सबै वडासहित पालिका जितेको थियो । विद्रोहसँगै मरिणमा माओवादी कमजोर बनन पुगेको छ । इन्चार्ज दाहालले दीपा बोहोराको सुनकोसी पालिका जित्ने सुनिश्चत गर्नकै लागि कांग्रेससँग गठबन्धन गरेर मरिण र हरिहरपुरगढीमा कांग्रेसलाई जीत सुनिश्चित गराएको आरोप विद्रोह गर्नेहरुको छ ।

मरिण क्षेत्रका पूर्वजनमोर्चा खेमाका माओवादीहरुले पनि दाहालको यही कदमको विरोध गर्दै पार्टीबाट विद्रोह गर्ने तयारी गरीसकेका छन् ।  माओवादी सिन्धुलीका जिल्ला इन्चार्ज राजन दाहालले जिल्लामा हरिबोल गजुरेलको अस्तित्व समाप्त पार्न र पूर्व जनमोर्चालाई सिध्याउन काग्रेंसलाई गढ गढ दिलाएर षड्यन्त्र गरेको उनीहरूको आरोप छ । 

​​​​​​​​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : २४ बजे