शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : केपी ओली

काठमाडौँ / एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनु भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा उनले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनु भयो । 

‘पहिले शासनका लागि सङ्गठनहरू बन्न थाले । जब शासनहरू तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ अध्यक्ष ओलीले भन्नु भयो । 

राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उहाँले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताउनु भयो ।  

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : १० बजे