राष्ट्रपति भवनमा घटस्थापना

कांग्रेस केन्द्रीय कार्यालयमा नियम विपरित छपाई   

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यलयमा कोटेसन विपरित छपाइका काम हुने गरेको तथ्य फेला परेको छ ।  
छपाइका लागि कोटेशन मागिए पनि कोटेशन बाहिर गएर फोनको भरमा काम दिएको तथ्य फेला परेको हो । 

लेखालाई समेत जानकारी नदिइ फोनको भरमा छपाइको काम आफ्नो मान्छेको पोल्टामा परिएर सत्तारुढ दलकै प्रमुख पार्टीले सार्वजनिक खरिद ऐनकै धज्जी उडाएका हुन् । 

कांग्रेसले विधान लगायतका सामाग्री छपाइका लागि कोटेशन मागेपनि पावरफुलको फोनका भरमा काम भने कोटेशनमा समावेश नभएका कम्पनीलाई जिम्मा लगाएको हो । काग्रेंस कार्यलयमा  विधान लगयातका महत्वपूणृ सामाग्रीको अभाव  खड्कीए पछि छपाइसम्बन्धी काग्रेंसको गैरकानुनी रवैया छताछुल्ल हुन पुगेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ४६ बजे