पूर्वराजदूत लक्की शेर्पा नेकपा एमालेमा प्रवेश

 काठमाडौँ । पूर्वराजदूत लक्की शेर्पा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

शुक्रबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक समारोहमा शेर्पालाई खादा ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

उनी संविधानसभाकी सदस्य समेत हुन् ।

त्यस्तै, माओवादी केन्द्रका सदस्य धर्मदत्त देवकोटा पनि एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ३८ बजे