सुनको मूल्यमा नयाँ कीर्तिमान

हेटौँडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

​​​​​​​हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ । गए राति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।

बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौँडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाउनुभयो।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पुरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उहाँले बताउनुभयो ।पार्कमा रहेका अन्य संरचना भने यथावत् रहेको  उहाँले बताउनुभयो । 

त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रूपमा गरिएको आपराधिक कार्य भएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : ३५ बजे