राष्ट्रपति भवनमा घटस्थापना

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक आज आह्वान गरिएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः०० बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार काँग्रेसले अनुरोध गरेको छ । 

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ०५ बजे