राष्ट्रपति भवनमा घटस्थापना

 स्थानीय तहको निर्वाचनका लागि एमाले आज घोषणापत्र सार्वजनिक गर्दै 

काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले आज घोषणापत्र सार्वजनिक गर्न लागेको हो । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ः०० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुहुने कार्यक्रम छ। 

पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेको हो। घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ  । 

घोषणापत्रलाई निर्वाचनमा महत्त्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ । दलका प्रतिनिधि निर्वाचनबाट निर्वाचित भएको अवस्थामा उक्त घोषणापत्रलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसअघि एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायत दलहरूले घोषणापत्र र प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ४४ बजे