राष्ट्रपति भवनमा घटस्थापना

यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा न्यून चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । 

बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ सँगै मुलुकका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा क्षणिक र हल्का वर्षाको आँकलन गरिएको छ ।

शनिवार पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

राति प्रदेश १ का एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७९ वैशाख ०९ गते (शुक्रवार)
दिउँसो:
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

गण्डकी प्रदेश, बागमती तथा प्रदेश १ का  थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख १० गते (शनिवार)
​​​​​​​दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  देशका पहाडी भू–भागका  एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को  एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख ११ गते (आइतबार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमामा मौसम सामान्यतया सफा रहने छ।  देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  प्रदेश १ को  एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ३२ बजे