सुनको मूल्यमा नयाँ कीर्तिमान

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

काठमाडौं – गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उहाँलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताउनु भयो ।

गिरीका अनुसार उहाँलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ५१ बजे