साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आजबाट द प्रिशियस आर्टको फोटो प्रदर्शनी सुरु (फोटोफिचर)

काठमाडौँ – द प्रिशियस आर्टले आजबाट आफ्नो ५ दिने फोटो प्रदर्शनी कार्यक्रम सुरु गरेको छ । 

बबरमहल स्थित आर्ट काउन्सिलमा आजबाट सुरु भएको फोटो प्रदर्शनीमा युवाहरूले बनाएको विभिन्न तस्बिरहरूको प्रदर्शनी सुरु भएको हो । 

कार्यक्रमको उद्घाटन सङ्घीय सांसद सुजिता शाक्यले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै सांसद शाक्यले पुर्खा र अग्रजहरूले कलाको धरोहरलाई विश्वमै नेपाललाई चिनाउनको लागि योगदान गर्नु भएको बताउनुभयो । उहाँले पुर्खा र अग्रजहरूलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नु भएको थियो । 

कार्यक्रममा सङ्घीय सांसद कृष्ण राई सहित द प्रिशियस आर्टका संस्थापक सचिन राज बज्राचार्य, आदर्श भट्टराई (कला थेरापी), वरिष्ठ कलाकार एरिना ताम्राकार, विद्यार्थीको प्रतिनिधि सौम्य तिमिल्सिनाले फोटो प्रदर्शनी र कलासँग सम्बन्धित विविध विषयको बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा सांसद शाक्यले विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रमको संचालन एलिजा शाक्यले गर्नु भएको थियो। 

​​​​​​​

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ६ : ०७ बजे