मनसुन क्रमशः कमजोर हुँदै

नेता हितमानलाई सघाउन अब कार्यकर्ताले नभ्याउने ! 

​​​​​​​नुवाकोट । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हित बहादुर तामाङको क्षेत्रबाट माओवादी पार्टी परित्याग गर्नेहरूको लर्को लाग्न थालेको छ ।

नेता तामाङको पेलान सहन नसकेपछि धमाधम पार्टी छोड्नेहरूको लर्को लाग्न थालेको हो । तामाङको आफ्नै गाउँबाट धमाधम पार्टी छाड्नेहरू बढ्न थालेका हुन् । पार्टी छाड्नेहरू कतिपयले नेता तामाङको ‘तानासाही प्रवृत्ति’ भएको बताउने गरे पनि कतिपय कार्यकर्ताहरूले घरायसी र अन्य समस्या देखाउँदै पार्टी छाड्न थालेका हुन् ।

यसैबीच माओवादी विभिन्न जिम्मेवारीमा बसेर काम गरेका नुवाकोट जिल्ला पञ्चकन्या गाउँ पालिका वडा नं। १ का गाउँ कमिटी सदस्य राजु रेशम राज पन्त र वडा कमिटी सह–सचिवसहित दर्जनौँले पार्टी परित्याग गरेका छन् । उनीहरु सबैले आफ्ना विविध समस्या देखाउँदै अब माओवादीलाई सघाउन नभ्याउने बताएका छन् । पोलिटब्युरो सदस्य तामाङकै गाउँका कार्यकर्ताले अब माओवादीलाई सघाउन नभ्याउने भन्दै राजीनामा दिनुले पञ्चकन्या गाउँ तरंगित छ । विस्तारै  कार्यकर्ताहरु लाखा पाखा लागिनै रहेपछि नेता हितमानलाई आगामी चुनाव भारी पर्नसक्ने स्पष्ट छ ।  हितमान नसचिए पार्टी छोड्ने यो क्रम चुनावसम्मै रहने र माओवादी केन्द्रमा ठुलो पहिरो जाने एक युवा नेताले बताए

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ५१ बजे