‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कास्की जिल्लाका प्रत्येक पालिकामा निर्वाचन कार्यालय

गण्डकी। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भएका छन् ।

पोखरा महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा आजदेखि निर्वाचन कार्यालय खोल्ने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । 

पोखरा महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई हुनुहुन्छ भने अन्नपूर्णमा विष्णुप्रसाद आचार्य, मादीमा दुर्गाप्रसाद भट्टराई, माछापुच्छ्रेमा नवराज दङगाल र रुपामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत हुनुहुन्छ । 

निर्वाचनको तयारीलाई तीव्र पारिएको बताउँदै सूचना अधिकारी न्यौपानेले सामग्री तथा जनशक्ति व्यवस्थापनका काम भइरहेको जानकारी दिनुभयो । निर्वाचनमा उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा उम्मेदवार टुङ्गोमा पु¥याउन दलहरू आ–आफ्नो तयारीलाई तीव्र बनाएका छन् । 
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १ : ०७ बजे