मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सञ्चालन हुने : चिनियाँ राजदूत यान्छी

काठमाडौँ — नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सञ्चालन हुने बताउनुभएको छ ।

चिनियाँ दूतावाताले बिहीबार गरेको भर्च्युअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सञ्चालन हुने बताउनुभएको हो । सीमापार रेलको विषय वैज्ञानिक सम्भाव्यताकै चरणमा रहेको बताउनुभयो ।

राजदूत यान्छीले नेपाल चीन सीमापार रेल सेवा सपना नभएर यथार्थ भएको बताउनुभएको छ  । रेल जस्तो ठूलो लगानी विषयमा गर्दा नीतिगत स्थायित्व आवश्यक पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो ' म कूटनीतिज्ञ हुँ । त्यस विषयमा विज्ञ होइन । सम्भाव्यता अध्ययन विज्ञहरुले गरिरहेका छन्, सबै विषय सहज रुपमा गए नेपाल चीन सीमापार रेल सेवा ५-६ वर्षमा सम्पन्न हुन्छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : १९ बजे