सुनको मूल्यमा नयाँ कीर्तिमान

रौतहटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकमा बुधबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ८० बर्षीया पचिया देवी रहेकी छन् । 

ना ३६ प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी साढे ५ बजे गम्भीर घाइते भएकी बृद्धाको विरगंज स्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो । 

दुर्घटना लगतै मोटरसाइकल छोडी फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  १२ : १४ बजे