सुनको मूल्यमा नयाँ कीर्तिमान

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु, ६ जना घाइते 

ललितपुर । ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् । 

ललितपुर प्रहरीका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले मृत्यु हुनेको पहिचान खुल्न नसकेको जनाउनुभयो । घाइतेको सङ्ख्या अझै धेरै हुन सक्ने एसपी शाहको बताउनुभयो। घाइतेहरूको उपचार बि एण्ड बी र पाटन हस्पिटलमा भइरहेको छ ।

विस्फोट भएको सगरमाथा अक्सिजन प्लान्ट ललितपुर ओधोगिक क्षेत्रमा रहेको छ । विस्फोट आज बिहान १०:००  बजेको आसपासमा भएको हो । सिलिन्डर भर्ने क्रममा विस्फोट भएको जनाइएको छ । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ११ : ४६ बजे